यस्तै फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार करिश्मासँग असमझदारी उत्पन्न भएपछी सो यूनिटले नायिका नन्दिता केसीलाई हिरोइनमा खेल्ने प्रस्ताव गरेको थियो तर नन्दितासँग के कुरामा समझदारी भएनछ कुन्नी त्यसपछि यूनिट अरूणिमाको शरणमा पुगेको हो । यस्तै प्राप्त जानकारी अनुसार हिरोइन विवादका कारण सो यूनिटका निर्देशक दीपक रायमाझी निकै चिन्तित भएको बुझिएको छ । यति सम्मकी मुहूर्तको निमन्त्रणा पत्रमा करिश्मा मानन्धरको फोटो समेत छापिएको छ । जुन पत्र प्रत्येक सञ्चारकर्मीको हातमा पुगि सकेको छ ।

यस्तै असमझदारी उत्पन्न भएपछी विना एग्रीमेन्ट फिल्म फाईनल गरेको सो यूनिटको प्रोजेक्टमा पूर्ण रूपमा नखेल्ने मनस्तिथि करिश्माले बनाईसकेकी छिन् । जस अनुरूप मुहूर्तकै दिन शुक्रबार बिहान उनी पूर्वाञ्चलमा अशोक शर्माले निर्माण गरेको नयाँ सिनेमा हलको उद्धघाटन गर्न जादैछिन् ।
यस्तै बुझिन आए अनुसार मौखिक सहमति मात्र भएपछी अरूणिमा लम्सालले पनि सो फिल्ममा नखेल्ने मनस्तिथि बनाएको बुझिएको छ । सम्भवत भोलीको मुहूर्तमा अरूणिमाको समेत अनुपस्थिति रहने छ र त्यहाँ निर्माण अगावै हिरोइनको विवाद स्पष्ट देखिदैछ ।

No comments:
Post a Comment